छ अर्ब २९ करोड राजश्व सङ्कलन

साउनदेखि चैत मसान्तसम्म राजश्व सङ्कलनको लक्ष्य छ अर्ब पाँच करोड रूपैयाँ रहेकामा प्रगति बढेर १०४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले जानकारी दिए ।

आन्तरिक राजश्व कार्यालय पोखराले चालू आवको चैत मसान्तसम्म छ अर्ब २९ करोड रूपैयाँ राजश्व सङ्कलन गरेको छ ।

साउनदेखि चैत मसान्तसम्म राजश्व सङ्कलनको लक्ष्य छ अर्ब पाँच करोड रूपैयाँ रहेकामा प्रगति बढेर १०४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले जानकारी दिए ।

पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका एक लाख २३ हजार ६ सय ६७ करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने ७५ हजार ४ सय ४७ जना छन् भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४८ हजार २ सय २० जना छन् ।

त्यस्तै कार्यालयबाट मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएकाको सङ्ख्या ११ हजार २ सय ७४ तथा अन्तःशुल्क कर इजाजत लिएकाको सङ्ख्या छ हजार ९ सय ६२ छ । चालू आवमा मूल्य अभिवृद्धि कर उत्साहजनक रुपमा वृद्धि भएको लामिछानेको भनाइ छ । गत आवको साउनदेखि चैतसम्मको अवधिमा लक्ष्यको ९४ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।