एक सय बहत्तर सहकारी स्थानीय तहलाई हस्तान्तरण

डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो ।

तेह्रथुमका १ सय ७२ अाेटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो ।

कार्यालयले सहकारीका सबै अभिलेख स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्दै सहकारीको नियमन, नियन्त्रण र निरन्तर अनुगमनको काम गर्न आग्रह गरेको छ । जिल्लामा रहेका २ सय ६ अाेटा कुल सहकारीमध्ये ३४ अाेटा सहकारी प्रदेश कार्यालयअन्तर्गत परेका र बाँकी १ सय ७२ अाेटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालयका प्रमुख दिलशेन राईले जानकारी दिए ।

जिल्लाको म्याङ्लुङ नगरपालिकालाई ३० अाेटा, लालीगुराँस नगरपालिकालाई ३९ अाेटा, छथर गाउँपालिकालाई ४६ अाेटा, आठराई गाउँपालिकालाई १८ अाेटा, फेदाप गाउँपालिकालाई २६ अाेटा र मेन्छ्यायेम गाउँपालिकालाई १३ अाेटा सहकारी संस्था हस्तान्तरण गरिएका छन् ।