रानीपोखरीः साढे दुई करोड व्यर्थ खर्च

विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९ सय रूपैयाँ लाग्ने अनुमान भए पनि करिब सात करोड रूपैयाँमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिए ।

रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म दुई करोड ५० लाख रूपैयाँ सकिएको छ ।

विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९ सय रूपैयाँ लाग्ने अनुमान भए पनि करिब सात करोड रूपैयाँमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिए ।

स्थानीय बासिन्दा, पुरातत्त्व विभाग र कामपाबीच कुरा नमिल्दा हालसम्म निर्माण गरिएका सबै संरचना भत्काउने तयारी भएको छ । यस किसिमको तयारीसँगै हालसम्म करिब दुई करोड ५० लाख रूपैयाँ खेर गएको छ । विसं २०७३ वैशाख १० गतेदेखि वर्ल्डवाइड कँडेल केएन केजी जेभीले पुनःनिर्माण सुरु गरेको थियो । कामपाले भने आगामी जेठ १गतेदेखि हालसम्म प्रयोग भएका आधुनिक निर्माण सामग्री हटाई पुनःनिर्माणको काम सुरु गर्ने जनाएको छ ।

जेभिका निर्देशक अर्जुन कँडेलका अनुसार सम्झौतानुसार पहिलो चरणको पर्खाल लगाउने काम सकिएको छ । उनले भने, ‘अन्य काम सुरु गर्न नपाउँदै विभिन्न विवादका कारण काम रोकियो ।’ स्थानीय बासिन्दाले भने नागरिकबाट लिइएको कर कामपाले खेर फालेको आरोप लगाएका छन् । दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ ।