चीनको चोरिङ वाटर टर्बाइन्स वक्र्स कम्पनी लिमिटेड (सीडब्ल्यूटीडब्ल्यू)ले निर्माण गर्ने आयोजना इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा निर्माण हुनेछ । आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले सर्भे र डिजाइन गरिसकेको छ ।
दोलखा र रामेछापमा निर्माणाधीन ४८.८ मेगावाट क्षमताको खिम्ती—२ जलविद्युत् आयोजनाको सर्भे र डिजाइन निर्माणको काम सम्पन्न भएको छ । चीनको चोरिङ वाटर टर्बाइन्स वक्र्स कम्पनी लिमिटेड (सीडब्ल्यूटीडब्ल्यू)ले निर्माण गर्ने आयोजना इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा निर्माण हुनेछ । आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले सर्भे र डिजाइन गरिसकेको छ ।
आयोजनाको मुख्य प्रवद्र्धक पिपल्स इनर्जी कम्पनी लिमिटेडले सर्भे र डिजाइन स्वीकृत गरेपछि मात्र निर्माणका अन्य काम सुरु हुने आयोजनाका इन्जिनियर रामहरि शर्माले जानकारी दिए । ‘चिनियाँ कम्पनीले आयोजनाको सर्भे र डिजाइनको काम सकेको छ,’ उनले भने, ‘सर्भे र डिजाइन स्वीकृत भएपछि आगामी साउनदेखि निर्माण सुरु हुन्छ ।’
हालसम्म आयोजना निर्माणपूर्वका काम भइरहेको उनले बताए । ‘अहिले आयोजना स्थलसम्म पुग्ने बाटो, पुल निर्माण, पावरहाउस र ट्रान्समिसन लाइनको काम भइरहेको छ,’ उनले भने । आयोजनास्थलमा तीन पुल र ९ किलोमिटरको ट्रान्समिटर लाइन निर्माणको काम भइरहेको छ । झन्डै ९ अर्ब रुपैयाँ लगानीमा आयोजना निर्माण गर्ने सम्झौताअनुसार चीनको सीडब्ल्यूटीडब्ल्यू कम्पनीले काम सुरु गरेको हो ।
२०७७ साल चैत मसान्तसम्म आयोजनाको काम सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको पिपल्स इनर्जी कम्पनी लिमिटेड तथा आयोजना अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । आयोजनाबाट उत्पादित बिजुली २ सय २० केभी खिम्ती—ढल्केबर प्रसारण लाइनमा जोडिनेछ । प्रसारण लाइन बनिसकेकाले आयोजना निर्माणको काम निर्धारित समयमै सक्ने गरी काम भइरहेको उनको भनाइ छ ।