प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण २२ हजार १ सय २९ रहेकामा यस वर्ष बढेर २४ हजार २ सय ७६ रूपैयाँ पुगेको हो ।

नेपालीको कुल ऋण दुई हजार १ सय १४ रूपैयाँले बढ्न गएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण २२ हजार १ सय २९ रहेकामा यस वर्ष बढेर २४ हजार २ सय ७६ रूपैयाँ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३/७४ सम्म सरकारको कुल ऋण दायित्व छ खर्ब ९७ अर्ब ६९ करोड रूपैयाँ छ ।

आन्तरिक ऋण दुई खर्ब ८३ अर्ब ७१ करोड रूपैयाँ छ । यस्तै वैदेशिक ऋण चार खर्ब १३ अर्ब ९८ करोड रूपैयाँ छ । उक्त ऋण आव २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत हो । त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत छ ।

कुल जनसङ्ख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार २ सय ७६ रूपैयाँ छ । रासस