हटियाका लागि ३७ करोडकाे भवन

करिब ३७ करोड रूपैयाँको लागतमा निर्माण गर्न लागिएको भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए ।

हटियालाई गुणस्तरीय र व्यवस्थित बनाउनका लागि सप्तरीको राजविराजस्थित हटियामा नयाँ भवन निर्माण गर्न लागिएको छ ।

करिब ३७ करोड रूपैयाँको लागतमा निर्माण गर्न लागिएको भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए ।

नेपालको सबैभन्दा पहिलो नगर योजना (टाउन प्लानिङ) गरी बनाइएको राजविराज नगरपालिका र सो क्षेत्रमा पर्ने तरकारी हटियाको मुहार फेर्न सो भवन निर्माण गर्न लागिएको प्रमुख यादवले जनाकारी दिए ।

विसं २०१६ मा स्थापना भएको राजविराज नगरपालिकामा अव्यवस्थितरुपमा रहेको हटियालाई राजविराज नगरपालिकाले नयाँ भवन निर्माण गरी व्यवस्थित हाट बजार सञ्चालन गर्ने योजनाका साथ सोमबारदेखि पुनःनिर्माणको कार्य थालिएको राजविराज नगरपालिकाले जनाएको छ ।

हटिया क्षेत्रमा लाग्ने तरकारी बजारलाई हटियाको पश्चिमतर्फ पुरानो माछा हाट र त्यस वरिपरिको क्षेत्रमा तत्काल लगाउन सुरु गरिएको प्रमुख यादवले भने ।

तरकारी बजार लाग्ने नयाँ स्थानमा व्यापारीले अस्थायी टहरा निर्माण गराई यसअघि लाग्ने माछा हाटलाई राजविराज नगरपालिकाले वडा नं ४ स्थित नगरपालिकाकै स्वामित्वमा रहेको खाली स्थानमा सेड बनाएर व्यवस्थित गरेको उनले जानकारी दिए ।

हाल हटियामा मानव जातिको जन्मदेखि मरणसम्मका लागि चाहिने सम्पूर्ण सामग्रीका साथै खाद्यान्न, ताजा तरकारी, फेन्सी सामग्री, औषधि, सियो, धागोदेखि नूनतेलसम्म पाइने गरेको छ ।

भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित राजविराज बजारलाई विसं २०१६ मा टाउन प्लानिङ गरिएको थियो । रासस