खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेकाे गहुँबाली बारामा आव ०७४/७५ मा कुल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो ।
यस वर्ष बारामा करिब दुई अर्ब रूपैयाँ मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेकाे गहुँबाली बारामा आव ०७४/७५ मा कुल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो ।
नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले एक अर्ब ९४ करोड ८८ लाख रूपैयाँ बराबरको ८१ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको छ । कलैयामा प्रतिक्विन्टल दुई हजार ४ सय रूपैयाँमा बिक्री भइरहेको छ ।
गत वर्ष ०७३/७४ मा कृषकले कुल २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँखेती गरी प्रतिहेक्टर दुई दशमलव ८५ मेट्रिक टनका दर दुई अर्ब २३ करोड १५ लाख ५० हजार मूल्य बराबरको ८२ हजार ६ सय ५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।