फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३ सय ९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् । यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४ सय ६७, लाइकेन्स ७ सय ९२, झ्याउ एक हजार २ सय १३, उनीउ ५ सय ८०, फूल नफुल्ने छ हजार ५३ र सल्लो ३३ रहेका छन्...

विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३ सय ९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।

यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४ सय ६७, लाइकेन्स ७ सय ९२, झ्याउ एक हजार २ सय १३, उनीउ ५ सय ८०, फूल नफुल्ने छ हजार ५३ र सल्लो ३३ रहेका छन् ।

विभागका सूचना अधिकारी शिशिर पन्थीले नेपालमा पाइने वनस्पतिमध्ये ८ सय १९ वनस्पतिलाई औषधिका रुपमा प्रयोग गर्न सकिने बताए । “औषधि तथा तेल उत्पादन गर्न सकिने वनस्पतिलाई विभागले विशेष प्राथमिकता दिएको छ,”– उनले भने ।

नेपालमा रहेका वनस्पतिमध्ये ६० वनस्पति सङ्कटापन्न अवस्थामा रहेको र १६ प्रजातिका वनस्पतिको संरक्षण र संवर्द्धनमा विभाग लागेको उनको भनाइ छ । रासस