एनआईसी एसिया क्यापिटलमा ढुंगेल

एनआईसी एसिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेल नियुक्त भएका छन् । एनआईसी एसिया क्यापिटल लिमिटेडको ३९औं सञ्चालक समितिको बंैठकले ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । ढुंगेल विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत छन् । यसअघि ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा आबद्ध थिए । ढुंगेलले एनआईसी एसिया बैंक मातहत प्रमुख कार्यकारी अधिकृत रहेका रामचन्द्र खनालको जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ । सेवाग्राहीको सहजताका लागि उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखी सेवा प्रदान गर्दै आएको छ ।
टेकुमा महिन्द्राको नयाँ सोरुम
काठमाडौं ः नेपालका लागि महिन्द्रा कमर्सियल भेहिकल्सको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले काठमाडौंको टेकुमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । सोरुमको उद्घाटन महिन्द्रा एन्ड महिन्द्रा इन्टरनेसनलका अप्रेसन प्रमुख अरविन्द माथेयु, इन्टरनेसनल अप्रेसन साउथ एसियाका उपाध्यक्ष सञ्जीव जादव, दुगड ब्रदर्स एन्ड सन्सका अध्यक्ष विवेक दुगड र कन्ट्री म्यानेजर चैतन्य कगलकारले संयुक्त रूपमा गरेका हुन् । महिन्द्रा गाडी किन्न चाहने ग्राहकका लागि सजिलो होस् भनेर काठमाडौंको टेकुमा नयाँ सोेरुम खोलिएको कम्पनीले जनाएको छ । नयाँ सोरुममा महिन्द्राका साना कमर्सियल भेहिकल्सजस्तै सुप्रो भ्यान, जितो र म्याक्सिमोलगायत गाडी उपलब्ध हुने बताइएको छ । सोरुम आठ सय ५० स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । नेपालमा दुगड ब्रदर्सले विगत २० वर्षदेखि महिन्द्रा गाडीको कारोबार गर्दै आएको जनाएको छ ।