बम विस्फोटप्रति चेम्बरको भर्त्सना

यस्तो जघन्य अपराधको क्रियाकलाप गर्ने जुनसुकै समूहमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न चेम्बर जोडदार माग गर्दछ,– चेम्बरद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित कार्यालय भवनमा बम विस्फोट गराइएको घटनाप्रति नेपाल चेम्बर अफ कमर्सले भर्त्सना गरेको छ ।

स्थायी सरकार बनेर मुलुक समृद्धिको बाटोतर्फ लम्किरहेका बेला भएको यस्तो घटनाप्रति नेपाल चेम्बर निन्दा गर्दछ । यस्तो जघन्य अपराधको क्रियाकलाप गर्ने जुनसुकै समूहमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न चेम्बर जोडदार माग गर्दछ,– चेम्बरद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

चेम्बरले विस्फोट गराउनेहरुको तत्काल खोजी कार्य गरी कारबाही गर्न समेत माग गरेको छ ।