लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

गत वर्ष दुई लाख ७६ हजार क्विन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३ सय ३६ क्विन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए ।

नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्विन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३ सय ३६ क्विन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए ।

उनका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद भएको हो । संस्थानले धनगढीबाट ४४ हजार ६ सय १७ क्विन्टल, राजापुरबाट एक हजार ९ सय ४६ क्विन्टल महेन्द्रनगरबाट एक हजार १ सय ८८ क्विन्टल, नेपालगञ्जबाट १३ हजार १ सय ८ क्विन्टल, लहानबाट ५६ हजार ७ सय ५२ क्विन्टल, जनकपुरबाट चार हजार १ सय ५४ क्विन्टल , वीरगञ्जबाट २९ हजार ९ सय ९८ क्विन्टल, विराटनगरबाट नौ हजार ९ सय ९५ क्विन्टल र विर्तामोडबाट १९ हजार ५ सय ७८ क्विन्टल धान खरिद गरेको छ ।

विभागीय प्रमुख खनालले गत मंसिरदेखि धान खरिद गदैआइरहेकामा अहिले पनि खरिदका लागि खुला राखिएको बताए । संस्थानले मोटो धान प्रतिक्विन्टल एक हजार ९ सय ५०, मध्यम दुई हजार, मसिनो सोना दुई हजार ३ सय ७५ देखि तीन हजार सयसम्म, जीरा धान दुई हजार ५ सय २५ देखि तीन हजार २ सयसम्म मूल्य राखेको थियो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित खरिद समितिले नै धानको मूल्य निर्धारण गर्ने गरेको छ । रासस