उपराष्ट्रपति पुन र चेम्बरका पदाधिकारीबीच छलफल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा ‘व्यावसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ प्रस्तुत गर्न बिहीबार उपराष्ट्रपति कार्यालय कान्तिपथ, काठमाण्डौं पुगेको प्रतिनिधि मण्डलसँंग उपराष्ट्रपति पुनले सो कुरा बताएका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ को वर्ष आर्थिक समृद्धिको वर्ष भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा ‘व्यावसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ प्रस्तुत गर्न बिहीबार उपराष्ट्रपति कार्यालय कान्तिपथ, काठमाण्डौं पुगेको प्रतिनिधि मण्डलसँंग उपराष्ट्रपति पुनले सो कुरा बताएका हुन् ।

स्थायी सरकारको निर्माण, लोडसेडिङ्मुक्त मुलुक, बन्द हडतालको अन्त्य भएसँंगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको उपराष्ट्रपति पुनले बताए । आर्थिक समृद्धिको आधारको रुपमा रहेका कृषि, ऊर्जा, पर्यटन र जडिबुटीको क्षेत्रलाई विषेश महत्त्वकासाथ अगाडि बढाउनु पर्नेमा उनले विषेश जोड दिए ।

नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले मुलुकले लामो समयदेखि भोग्दै आएको राजनीतिक सङ्क्रमणकालको अन्त्य भएसँगै अबको गन्तव्य आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिए । स्थायी सरकारको निर्माणसँंगै लगानीको वातावरण बनेको चर्चा गर्दै उनले अब लगानी भित्र्याउनेतर्फ सरकारको ध्यान जानु पर्ने बताए । उनले व्यापार घाटा न्यूनीकरणका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाएर मात्रै सम्भव हुने बताए । यसका लागि निर्यातयोग्य वस्तुहरुलाई सहुलियत दिनु पर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा चेम्बरका विर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु महेन्द्रमान श्रेष्ठ, दीपककुमार मलहोत्रा र नरेश श्रेष्ठ लगायतका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु सहभागी थिए ।