नेपालको लोकप्रिय गहना पसल मेरिगोल्ड(सयपत्री) ज्वेलर्सको नयाँ शोरुम दरबारमार्गमा सञ्चालनमा आएको छ । उक्त नयाँ शोरुम बलिउडकी चर्चित अभिनेत्री करिष्मा कपुरले उद्घाटन गरेकी हुन । नेपाली गहनाहरुको प्रबद्र्धन र भारतीय बजारमा बिस्तार गर्न अभिनेत्री कपुरको आगमनले सहयोग पुग्ने मेरिगोल्ड ज्वेलर्सको विश्वास छ ।
हाल चौथो पुस्तामा हस्तान्तरण भएको मेरिगोल्ड नेपालको सबैभन्दा पुरानो गहना पसलको रुपमा परिचित छ । गहना निर्माण तथा व्यवसायमा करिब सय वर्षको इतिहास बोकेको श्रेष्ठ परिवारद्धारा संचालित गहना पसल शुरुवाती चरणमा इन्द्रचोकबाट शुरु भएको थियो ।
मेरिगोल्ड ज्वेलर्स ब्राण्ड २० वर्षभन्दा बढि समयदेखि ग्राहकहरुको सेवामा समर्पित छ । कम्पनीले नेपाली परम्परागत गहनाहरु, विदेशी डिजाइनका गहनाहरु, नेपाली र विदेशी समिश्रण भएका फ्यूजन डिजाइनका गहनाहरु निर्माण तथा बिक्री गरिरहेको छ ।
शोरुम उद्घाटनका क्रममा पारेर मेरिगोल्ड ज्वेलर्सका संचालिक ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहनाहरु बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनाहरुलाई विश्व बजारमा लैजाने योजनामा रहेको बताए ।‘बलिउड कलाकारहरुको आगमनले नेपाली परम्परागत गहनाहरुको भारतीय बजारमा पनि प्रबद्र्धन र माग बढ्ने अपेक्षा छ,’ उनले भने ।
मेरिगोल्ड ज्वेलर्सकी सञ्चालिका श्रेष्ठले बलिउड कलाकार आउँदा नेपालको पर्यटन तथा संस्कृतीको प्रचार प्रसार हुने र नेपाली गहनाहरुको भारतीय बजारमा माग बढ्ने अपेक्षा गरेको उनको भनाई छ । मेरिगोल्डले हाल दरबारमार्गमा खुलेको नयाँ शोरुमका साथै न्यूरोडको शोरुमबाट पनि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।