आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण ः राजदूत युसुफ

 

 नेपालस्थित कतारका राजदूत युसुफ बिन महमद अलहेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताएका छन ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीस्थित बराह माविद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले नेपाली नागरिकले कतारमा पु¥याएको योगदान अविष्मरणीय भएको उनकाे भनार्इ छ ।

नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतारबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै राजदूत युसुफले नेपालको विकासमा कतार सधैँ तयार रहेको बताए ।

कतारमा रोजगारीमा रहेका पाँच लाख नेपाली नागरिकबाट वार्षिक दुई खर्ब डलर विप्रेषण नेपाल भित्रिने गरेको बताउँदै उहाँले नेपालसँग सहमति भएअनुुसार नेपाल र कतारले वाणिज्य क्षेत्रमा समेत संयुक्त रुपमा काम गर्ने जानकारी दिए ।

अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै उनले कुनै पनि देशका नागरिकका लागि शिक्षा अपरिहार्य रहेको बताए।