भूउपयोग नीति बनाउन सुझाव

सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास प्रणाली मुलुकको विकासको बाधक भएकाले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीहरुले भूउपयोगसम्बन्धी नीति बनाउनुपर्ने सुझाव दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास प्रणाली मुलुकको विकासको बाधक भएकाले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए । सङ्घीय संसदमा आगामी जेठ १ गते सरकारको नीति तथा कार्यक्रम आउँदैछ ।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।