सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्याउन र सुत्केरी हुँदा लाग्ने खर्चको अभाव हुन नदिन सहकारीले भत्ताको व्यवस्था गरेको हो ।
महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्याउन र सुत्केरी हुँदा लाग्ने खर्चको अभाव हुन नदिन सहकारीले भत्ताको व्यवस्था गरेको हो । महिला सदस्यलाई दुई पटक सुत्केरी भत्ताबापत एक हजार रूपैयाँका दरले रकम उपलबध गराउँदै आएको सहकारीका प्रबन्ध सञ्चालक गणेश चन्दले बताए ।
“हालसम्म एक हजार ६३ सुत्केरी महिलालाई छ लाख ३१ हजार रूपैयाँ उपलब्ध गराएका छौँ,” उनले भने । सहकारीको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय र शाखा कार्यालयका रुपमा रहेका बेलौरी, झलारी, दोधारा–चाँदनी, कृष्णपुर र दैजीमा आबद्ध महिलालाई भत्ता उपलब्ध गराइँदै आएको छ । रासस