यसरी मनाएर मुस्लिम समुदायले आज इद उल फित्र पर्व, हेर्नुस (फोटोफिचर)

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।घण्टाघरस्थित कश्मिरी मस्जिदमा आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

काठमाडौं ।मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाएका छन् । पर्वका अवसरमा मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाएका छन् ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।घण्टाघरस्थित कश्मिरी मस्जिदमा आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।आज नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुने गर्छ ।

मन्त्रिपरिषद्को जेठ १० गते बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णय गरेको थियो ।