एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीकाे सडक प्रविधि मेला (फाेटाे फिचर)

जावलाखेलस्थित फुटबल ग्राउन्डमा आयोजित उक्त मेलामा विज्ञान तथा प्रविधि क्षेत्रमा काम गरिरहेका विभिन्न शैक्षिक संस्था तथा सरकोरवालाहरुले स्टल राखेका छन् ।

काठमाडौं । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीले दुई दिने सडक प्रविधि मेला आयाेजना गरेको छ । जावलाखेलस्थित फुटबल ग्राउन्डमा आयोजित उक्त मेलामा विज्ञान तथा प्रविधि क्षेत्रमा काम गरिरहेका विभिन्न शैक्षिक संस्था तथा सरकोरवालाहरुले स्टल राखेका छन् ।

नास्टले गरिरहेको क्रियाकलाप प्रयोगशालाभन्दा बाहिर जनसमुदायमाझ ल्याउन र विद्यार्थीहरुलाई मनोरञ्जनबाट विज्ञान शिक्षा प्राप्त गर्न दिने उद्देश्यले सो मेलाको आयोजना गरिएको नास्टका भाइस चान्सलर सुनिलबाबु श्रेष्ठले बताए ।

मेला मङ्गलबार र बुधबार दुई दिन चल्नेछ ।

तस्बिरः दिवाकर बिष्ट