काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकाले सरकारले उपत्यकामा बिदा दिने भएको हो ।

काठमाडौं उपत्यकामा वैशाख ३० गते आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकाले सरकारले उपत्यकामा बिदा दिने भएको हो । उपत्यकाबाहेक अन्यत्र भने बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन् ।

सरकारले १४ चैत २०७४ मा नेपाल राजपत्रमा निकालेको सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रालगायत चार अाेटा जात्रा लाग्ने दिन काठमाडौं उपत्यकामा बिदा दिने उल्लेख छ ।

सरकारले १०४ दिनबाट कटौती गर्दै ८९ दिन बिदा दिने निर्णय गरेको भए पनि जात्रा लाग्ने चार दिन भने बिदा कटौती गरेको थिएन ।