जनकपुरमा आइपुगे भारतीय प्रधानमन्त्री मोदी

छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदि जनकपुर आइपुगेका छन् । दुई दिने धार्मिक भ्रमणका लागि प्रधानमन्त्री मोदि एयर इन्डियाको विमान बाट जनकपुर आइपुगेका हुन । प्रधानमन्त्री मोदिलाई रक्षामन्त्री इश्वर पोखरेल र दुई प्रदेशका मूख्य मन्त्री
जनकपुरमा रहेको जानकी मन्दिरमा दर्शन पछि जनकपुरस्थित बाह्रबिघामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुने छन् । जनकपुरमा दुई घण्टा विताउने कार्यक्रम छ ।प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।

भ्रमण कार्यतालिकाअनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर जानुहुने र मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा भारतीय समकक्षी मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री मोदीले कान्तिपथस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट हुनेछ । त्यसपछि आजै प्रधानमन्त्री मोदी शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट हुनेछ ।

भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच आजै द्विपक्षीय आपसी हित सम्बन्धमा औपचारिक भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रो जनविद्युत् परियोजनाको उद्घाटनसमेत गरिनेछ ।

भोलि वैशाख २९ गते बिहानै प्रधानमन्त्री मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ जाने कार्यक्रम छ । मुक्तिनाथमा पूजापछि उनी बिहान करीब १०ः३० बजे मुक्तिनाथबाट काठमाडौँ फिर्ता हुनेछन ।  प्रधानमन्त्री मोदीलाई शनिवार दिउँसो २ः४५ बजे काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । दुईदिने नेपालको राजकीय भ्रमण पूरा गरी उनी वैशाख २९ गते नै स्वदेश फिर्ता हुनेछन ।

तस्बिर : भारतीय विदेश मन्त्रालय