प्रदेशसभा २ सरकार, वीरगन्ज उद्योग वाणिज्य सङ्घ र जनकपुर उद्योग वाणिज्य सङ्घले १२१ किलाका छुट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । जनकपुरधाम उपमहानगरपलिका रङ्गभूमि बाह्रबिघाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा मोदीलाई उक्त मालाले स्वागत गरिएको हो ।
जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक सय २१ किलोका छुट्टाछुट्टै तीन ओटा माला माला लगाइदिएर स्वागत गरिएको छ ।
प्रदेशसभा २ सरकार, वीरगन्ज उद्योग वाणिज्य सङ्घ र जनकपुर उद्योग वाणिज्य सङ्घले १२१ किलाका छुट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । जनकपुरधाम उपमहानगरपलिका रङ्गभूमि बाह्रबिघाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा मोदीलाई उक्त मालाले स्वागत गरिएको हो ।
नागरिक अभिनन्दन गर्दै उपमहानगरपालिकाका प्रमुख लालकिशोर यादवले मायाको चिनो र माला लगाइदिएका थिए । उक्त अवसरमा एमाले महासचिव ईश्वर पोखरेलले दुईदेशीय पारस्परिक सम्बन्ध र हितका विषय केन्द्रित गर्दै मोदीलाई जनकपुरमा स्वागत गरेको बताएका थिए ।
कार्यक्रममा मोदीलाई उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरको साँचोसमेत हस्तान्तरण गरेका छन् ।