नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आयोजित नागरिक अभिनन्दनमा बोल्दै जनकपुर र समग्र मिथिलाञ्चलको विकासका लागि सहयोग प्रदान गरिने घोषणा गरे । मोदीले नेपाल र भारतबीचको ‘कनेक्टिभिटी’ बढाउन बुद्धिस्ट सर्किट र जैन सर्किटको पनि अवधारणा अगाडि सारे ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट प्रदेश २ का लागि १ सय करोड सहायता दिने घोषणा गरेका छन् ।
शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उक्त सहयोग रकम नेपालको संघ र प्रदेश सरकारमार्फत विकास निर्माणका कार्यमा प्रयोग गरिने मोदीले बताए ।
जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको उनले बताए । देश २ को अस्थायी राजधानी जनकपुरधामको विकासका लागि भारतले १०० करोड ९१ अर्ब भारतीय रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आयोजित नागरिक अभिनन्दनमा बोल्दै जनकपुर र समग्र मिथिलाञ्चलको विकासका लागि सहयोग प्रदान गरिने घोषणा गरे । मोदीले नेपाल र भारतबीचको ‘कनेक्टिभिटी’ बढाउन बुद्धिस्ट सर्किट र जैन सर्किटको पनि अवधारणा अगाडि सारे ।
नेपाल र भारतमा रहेका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न बुद्ध सर्किट महत्वपूर्ण हुने मोदीको भनाइ थियो । यस्तै महावीर जैनसँग सम्बन्धित क्षेत्रलाई जोड्न पनि अर्को सर्किटको विकास गरिने उनको भनाइ थियो ।