विवेकशील साझाले पार्टी कार्यालयमा राखेको कालो ब्यानरमा भनिएको छ ‘मोदीजी नेपालमा स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौँ ।’
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न विवेकशील साझा पार्टीले केन्द्रीय कार्यालयमा राखेको ब्यानर प्रहरीले हटाएको छ ।
विवेकशील साझाले पार्टी कार्यालयमा राखेको कालो ब्यानरमा भनिएको छ ‘मोदीजी नेपालमा स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौँ ।’
यही कालो ब्यानरको विषयलाई लिएर पार्टी कार्यालयमा हस्तक्षेप गरी ब्यानर हटाइएको विवेकशील साझाले ट्वीट मार्फत जानकारी गराएको छ । यही विषयमा विवेकशील साझाका नेता उज्ज्वल थापाले ट्वीट गरेका छन्, ‘केन्द्रीय समिति बसी राख्दा अहिले प्रशासनले प्रहरी पठाएर हस्तक्षेप गर्नु मैले सुसंस्कृत लोकतन्त्रको लागि राम्रो सङ्केत देख्दिनँ ।’