प्युठानमा भएको बस दुर्घटनामा छ जनाको मृत्यु, ३१ घाइते

गम्भीर घाइते पाँच जनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

महेन्द्रनगरबाट प्युठान सदरमुकाम खलङ्गा आउँदै गरेको ना ४ ख १८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

मृत्यु हुनेमा बस चालक कैलाली चौमालाका वीरबहादुर थारुको मृत्यु भएको छ भने अन्य मृतकको सनाखत हुन सकेको छैन । उनीहरूको जिल्ला अस्पताल बिजुवारमा आएपछि सनाखत हुने प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।

सरुमारानी गाउँपालिका–४ स्थित बडडाँडा बजार नजिक ओरालो बाटोमा बस दुर्घटनामा परेको थियो ।