एसियास्तरीय हाजिरी जवाफ प्रतियोगिता नोबेल क्वीज मेनियाको ग्रान्ड फिनाले सम्पन्न

ग्रान्ड फिनाले भारतबाट बिरला विद्या निकेतन, नेपालबाट सीसीआरसी कलेज र बङ्गलादेशबाट नोट्रे ड्याम कलेज रोमाञ्चक फाइनलमा प्रवेश गरेका थिए ।

एक्रेटिभ मिडियाद्वारा आयोजित एसियास्तरीय हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । ग्रान्ड फिनाले भारतबाट बिरला विद्या निकेतन, नेपालबाट सीसीआरसी कलेज र बङ्गलादेशबाट नोट्रे ड्याम कलेज रोमाञ्चक फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगिताको शीर्ष उपाधि जित्दै बङ्गलादेशको नोट्रे ड्याम कलेजले पुरस्कार स्वरुप पाँच लाख रुपैयाँ प्राप्त ग¥यो भने प्रथम उपविजेता भारतको बिरला विद्या निकेतनलाई तीन लाख रुपैयाँ र द्वितीय उपविजेता नेपालको सीसीआरसी कलेजलाई एक लाख पचास हजार रुपैयाँ प्रदान गरियो ।

हाल क्वीज मेनिया कार्यक्रमको सातौं संस्करणको तयारी भइरहेको र नयाँ संस्करणले अझ बढी देशहरुलाई समेट्ने लक्ष्य रहेको आयोजक एक्रेटिभ मिडियाले जनाएको छ ।