‘पोलिस हिमालयज २०१८’ अाउँदाे अक्टोबरमा हुँदै

लुक्लादेखि सगरमाथा बेसक्याम्प सम्मको पदयात्रा अक्टोबर महिनाभरि हुनेछ ।

‘पोलिस हिमालयज २०१८’ काठमाडौंमा हुने भएको छ । पोल्यान्डको सयौं स्वतन्त्रता दिवसको अवसरमा काठमान्डौं र सगरमाथा बेसक्याम्प शिविरमा छुट्टा छुट्टै कार्यक्रम हुने भएको हो ।

लुक्लादेखि सगरमाथा बेसक्याम्प सम्मको पदयात्रा अक्टोबर महिनाभरि हुनेछ । पदयात्रामा पोल्यान्डका ३ सय ५० जनाले सहभागिता जनाउने छन् । पदयात्रामा हरेक दिन १ जना, २ जना र १२ जनासम्म जाने छन् । पदयात्रामा विषेश गरी हिमाल आरोहणको क्रममा ज्यान गुमाएकाका परिवार र तिनका साथीहरुको सहभागिता हुने छ ।

यस्तै अक्टोबर १३ देखि २२ सम्म सुपर म्याराथन हुनेछ । सय किलोमिटरको म्याराथन कुनै प्रतिस्पर्धा नभई शारीरिक व्यायामका लागि भएकोले इच्छुक सबैले सहभागिता जनाउन पाउने बताइएको छ ।