यस तथ्याङ्कमा गरिबीमा रहेका १६.१ मिलियन परिवारका सँगसँगै ३४.७ मिलियन परिवार समावेश छन् जसलाई ‘युनाइटेड वे’ले एएलआईसीई (एसेट लिमिटेड, इनकम कन्सट्रेन्ड इम्प्लोइड) भनेर व्याख्या गरेको छ । ‘आधुनिक अर्थव्यवस्थामा बाँच्न’ यो समूहले आवश्यकताभन्दा थोरै आय आर्जन गर्छ ।
युनाइटेड वे एएलआईसीई परियोजनाद्वारा बिहीबार जारी एउटा अध्ययनअनुसार लगभग ५१ मिलियन परिवारले आवश्यक मासिक खर्च कमाउँदैनन् । यस्तो खर्चमा आवास, भोजन, बालबच्चा तथा स्वास्थ्यको हेरचाह, यातायात तथा एउटा मोबाइल फोन समावेश छ । यो सङ्ख्या कुल अमेरिकी परिवारको ४३ प्रतिशत हो ।
यस तथ्याङ्कमा गरिबीमा रहेका १६.१ मिलियन परिवारका सँगसँगै ३४.७ मिलियन परिवार समावेश छन् जसलाई ‘युनाइटेड वे’ले एएलआईसीई (एसेट लिमिटेड, इनकम कन्सट्रेन्ड इम्प्लोइड) भनेर व्याख्या गरेको छ । ‘आधुनिक अर्थव्यवस्थामा बाँच्न’ यो समूहले आवश्यकताभन्दा थोरै आय आर्जन गर्छ ।
‘सकारात्मक आर्थिक सङ्केत हुँदाहुँदै पनि, एएलआईसीई डाटाले वित्तीय सङ्कट अझै पनि एउटा व्यापक समस्या रहेको देखाएको छ,’ प्रोजेक्टकी निर्देशक स्टेफनी हुप्सले भनिन् ।
क्यालिफोर्निया, न्यू मेक्सिको तथा हवाई राज्यमा सङ्घर्षशील परिवारको सबैभन्दा ठूलो जमात छ, जहाँ प्रत्येक राज्यमा ४९ प्रतिशत यस्ता परिवार गरिबीमा जीवन यापन गरिरहेका छन् । उत्तरी डकोटा राज्यमा सबैभन्दा थोरै ३२ प्रतिशत गरिब छन् ।
अध्ययनमा भनिएको छ,– यीमध्ये कैयौं व्यक्ति देशका बालबच्चा रेखदेखकर्ता, गृह स्वास्थ्य सहयोगी, कार्यालय सहायक र स्टोर क्लर्क छन्, जसले थोरै तलब पाइने काम गर्छन् तथा थोरै बचत गर्छन् । अमेरिकामा ६६ प्रतिशत जति काममा प्रतिघण्टा २० डलरभन्दा थोरै पारिश्रमिक पाइन्छ ।
यो अध्ययन काउन्टीस्तरमा पनि गरिएको छ ।
उदाहरणका लागि सियाटलको किङ काउन्टीमा, २०१६ मा चारजनाको (एउटा शिशु र एउटा स्कुल भर्ना हुने उमेर) परिवारका लागि वार्षिक घरेलु जीवनयापन बजट लगभग ८५ हजार डलर थियो । यसका लागि प्रतिघण्टा ४२.४६ डलर पाइने जागिरको आवश्यकता पथ्र्यो । तर, वाशिङटन राज्यमा, केवल १४ प्रतिशत कामले मात्र प्रतिघण्टा ४० डलरभन्दा बढी पारिश्रमिक दिन्छन् ।
सियाटलको नगर परिषदले ठूला व्यवसायीहरुलाई सहरको बढ्दो घरबारविहीनता तथा सुलभ आवास समस्या न्यून गर्न मद्दत पुर्याउन एउटा विवादास्पद कर पारित गरेको छ । सीएनएन