मुद्राबजारले देखायो- चीनमाथि अमेरिकी भन्सार ठूलो गल्ती

विश्वमा आफ्नो एक्लो प्रतिस्पर्धी आर्थिक शक्तिसँग जारी व्यापार युद्धबीच अमेरिकाका लागि यो परिणाम ठूलो तीतो सत्य बनेको छ । यो परिणामले आफ्नो महत्वपूर्ण व्यापार साझेदारलाई दबाब दिएर छूट प्राप्त गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयास र रणनीतिलाई नै जटिल मोडमा पुर्याउन सक्छ ।

एजेन्सी । कमजोर हुँदै गएको युआनले चीनमाथिको अमेरिकी भन्सारबाट पार्ने सम्भावित प्रभावलाई निष्काम बनाएकोमा डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरिरहँदा उनले अन्जानमा आफूले वैदेशिक नीतिमा प्रयोग गरेको त्रूटिपूर्ण हतियारलाई पनि प्रकाश पारेका छन् । खुल्ला रुपमा ‘फ्लोट’ भइरहेको विनिमय दरको युगमा तीव्र गतिमा एडजस्ट हुने मुद्राले त्यस्ता उच्च लेभीले पार्ने लक्षित प्रभावलाई कार्यान्वयनमा आउन अघि नै निष्काम तुल्याउन सक्छन् ।

विश्वमा आफ्नो एक्लो प्रतिस्पर्धी आर्थिक शक्तिसँग जारी व्यापार युद्धबीच अमेरिकाका लागि यो परिणाम ठूलो तीतो सत्य बनेको छ । यो परिणामले आफ्नो महत्वपूर्ण व्यापार साझेदारलाई दबाब दिएर छूट प्राप्त गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयास र रणनीतिलाई नै जटिल मोडमा पुर्याउन सक्छ ।

गत महिना ट्रम्पले चिनियाँ आयातित सामग्रीमाथि दुई खर्बको भन्सार वृछि गरेपछि चिनियाँ युआन प्रतिडलर ७ ले घटेको थियो, वित्तीय संकट सुरु हुनुघि यति कहिल्यै देखिएको थिएन । युआनमा आएको तीव्र गिरावटले डलरमा चिनियाँ आयातित वस्तुको मूल्य प्रभावकारी रुपमा ओरालो लाग्यो, जसले अमेरिकाको उच्च भन्सारको मूल्य झट्कालाई भुत्ते बनायो । यसअघि गत मेमा मेक्सिकोलाई अमेरिकाले दिएको व्यापार चेतावनीमा पनि यस्तै घटना घटेको थियो, जब मेक्सिकोका पेसोमा एक घण्टामै दुई प्रतिशतले गिरावट आएको थियो । यसरी चीनको अनुचित व्यापार अभ्यासविरुद्ध चीनलाई कारबाही गर्ने ट्रम्पको रुखो कदमपछाडि पनि अमेरिकी नागरिकहरुले चिनियाँ निर्माण वस्तुहरुमा अर्थपूर्ण मार्कअप अर्थात् वस्तुको क्रय र बिक्री मूल्यमा अनुपात देखेका छैनन् ।

‘यसले विश्व व्यापारमा, आफ्नो व्यापार घाटा कम गर्न भन्सारको प्रयोग गर्ने प्रयास अप्ठ्यारो रहेको चित्रण गरेको छ,’ वैदेशिक सम्बन्ध परिषदका वरिष्ठ अधिकारी तथा पूर्वअर्थिक अधिकारी ब्राड सेटसर भन्छन् ।

वास्तवमा ट्रम्पको भन्सार रणनीतिले एउटा बेग्लै युगको झल्को दिएको छ, जब ब्रेटन उड्स सम्झौताअन्तर्गत देशहरुले निश्चित विनिमय दर प्रयोग गर्थे, जुन १९४० को मध्यदेखि १९७० को प्राथमिक वर्षसम्म कायम रह्यो । त्यस समय ट्रम्पले अहिले प्रयोग गरेको भन्सार रणनीति सान्दर्भिक र प्रभावकारी थियो ।

यो सत्य हो कि पिपल्स बैङ्क अफ चाइनाले सीमितता लादेका कारण विश्वका प्रमुख मुद्राहरुको तुलनामा फरेन एक्सचेन्ज मार्केटमा युआन एकदमै कम ‘फ्लोट’ हुन्छ । तर इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्सका प्रमुख अर्थशास्त्री एवम् गोल्डम्यान स्याकमा फोरेन एक्सचेन्ज स्ट्राटेजीका पूर्व प्रमुख रोबिन ब्रुक्सको हिसाबले देखाएअनुसार गत बर्खायता युआन प्रतिडलर ६.४ देखि ६.९ ले ओरालो लागेको छ । यसले २०१८ जुनमा अमेरिकाले घोषणा गरेको पहिलो दुई राउन्डको अमेरिकी भन्सारलाई कडा तरिकाले काउन्टरब्यालेन्स गरेको थियो ।
जसरी भन्सारका कारण अमेरिकाले चीनबाट धेरै पैसा भित्र्याइरहेको ट्रम्पले दाबी गरिरहेका छन् वास्तविकता केही फरक छ । यस्तो अवस्थामा चीनबाट सामान आयात गर्ने अमेरिकी कम्पनीहरुले थप मूल्य बेहोर्दै सरकारलाई अतिरिक्त २५ प्रतिशत भन्सार भूक्तान गर्छन् या त त्यो थप मूल्यलाई उपभोक्तामा मूल्य वृद्धि गरेर थोपर्छन् । यसमा फोरेन एक्सचेन्ज एडजस्मेन्टलाई ध्यानमा राखिएको छैन जसले लेभीको मुख्य प्रभावलाई कम गराउँछ ।

‘अमेरिकी भन्सारको मूल्यको भार अमेरिकालाई नै थोपरिएको छ,’ क्यापिटल इकोनोमिक्सका भिक्की रेडउड र सिमोन म्याकएडमले यसै महिना आफ्नो नोटमा लेखेका छन् ।

व्यापार वार्तामा फरेन एक्सचेन्जको कुरा मूलभुत केन्द्रका रुपमा उदाएको छ । शुक्रबार ट्रम्पले पुनः एक पटक चीनले आफ्नो मुद्रालाई छेडछाड गरिरहेको आरोप लगाए । ट्रम्प प्रशासनले गत महिना आफ्नो मुद्रालाई अवमूल्यन गर्ने मुलुकहरुको वस्तुमाथि कर लागू गर्ने प्रस्ताव गर्यो । तर त्यस्तो प्रस्तावलाई उसकै आर्थिक विभागका अधिकारीहरुले खतराको घण्टीका रुपमा व्याख्या गर्यो । व्यापार वार्ताबारे जानकारी केही व्यक्तिहरुले अमेरिकाले वार्ताको अन्तिम सम्झौताका रुपमा युआनको स्थिताको पनि माग उठाएका थिए ।

यसै हप्ता ट्रम्पले तीन खर्ब डलरले अमेरिकी वस्तुमाथि भन्सार वृद्धि गर्ने धम्की दिएपछि अहिलेसम्मका लागि चीनले संमयम अपनाएको र युआनलाई चाँडो अवमूल्यन हुनबाट रोकेको देखिन्छ । ब्रक्सको आँकलनअनुसार युआनको फेयर भ्यालु प्रतिडलर ७.३ को नजिक भर्सेस अहिलेको ६.९३ रहेको छ ।

केही समय अघिसम्म युआन एक इन्चले पनि डलरको तुलनामा आरोलो लाग्दा युआनको समर्थनका लागि उत्रिने गरेका पब्लिक बैङ्क अफ चाइनाले यदि व्यापार तनाव थप खराब हुने हो भने आफ्नो अडानलाई परिवर्तन गर्ने सङ्केत दिएको छ । ब्लुमबर्ग न्युजसँगको एउटा दुर्लभ अन्तर्वार्तामा बैङ्कका गभर्नर यी गाङले युआनको मूल्यलाई बजारको मागअनुसार गतिशील हुन दिने नयाँ इच्छाको सङ्केत दिएका थिए । उनले भने ‘चिनियाँ मुद्रा रिनमिनबीमा सानो लचकताको चिनियाँ र सम्पूर्ण विश्विक अर्थतन्त्रका लागि राम्रो छ । किनभने यसले अटोमेटिक स्टेबलाइजर प्रदान गर्छ ।’

बजारले अनुकूल देखिन्जेलसम्म युआनलाई अवमूल्यन हुन दिनु आफ्नै रिस्कबिना सम्भव छैन । चीनको २०१५ को मुद्रा अवमूल्यनका कारण खर्बौं डलर चीनबाट बाहिरिएको थियो र त्यसले केन्द्रीय बैङ्कलाई फरेन एक्सचेन्ज रिजर्भ दोहन गर्न बाध्य बनाएको थियो जुन ३१ खर्ब डलरमा अडिएको थियो । योभन्दा धेरै विनाश के हुनुपर्यो, जब कि कमजोर मुद्राले चिनियाँ उपभोक्ताको क्रयशक्तिलाई नै कमजोर बनाइदियो ।

यी सबैका बाबजुद पनि ट्रम्पको व्यापार युद्धले चीनलाई यस्तो कदम अपनाउन बाध्य बनाउने देखिन्छ । सेटसर भन्छन्, ‘आफ्नो भन्सारलाई चीनले मुद्रा अवमूल्यन गरेर प्रतिक्रिया नदियोस् भन्ने कुरामा चीनप्रति ट्रम्प निर्भर छन् । तर यो स्पष्ट रुपमा चीनको निर्णय हो, ट्रम्पको होइन ।’

इकाेनमिक टाइम्सबाट गरिएकाे अनाैपचारिक अनुवाद