बैङ्क तथा वित्तीय संस्था मर्जरका लागि तयार हुनुहोस्

८ अर्ब रुपैयाँ पुँजी पुर्याउँदा जति दबाब खेप्नु हामीले खेपिसकेका छौं । तपाईंहरुले जति रोईकराई गरे पनि केही हुँदैन । किनभने राष्ट्र बैङ्क अघि बढिसक्यो ।

२०६२ देखि २०७२ सम्म एक दशकको अवधिमा एक दर्जन बैङ्कबाहेक अरुले पुँजी पुर्याउन सकेनन् । बडो मुस्किलले हकप्रद सेयर निष्कासन गरेर पुँजी पुर्याएका थिए । त्यसबेला १६ ओटा बैङ्क तथा वित्तीय संस्था समस्याग्रस्त भएर तिनीहरुलाई हेर्न विभाग नै खोल्नु पर्ने अवस्था आयो । त्यसपछि राष्ट्र बैङ्कको अनुसन्धान विभागले यस विषयमा ३ महिना लगाएर अध्ययन गर्यो । मर्जरका लागि अहिलेदेखि नै तयार भएर बस्नुहोस् ।

मर्ज गरेर जाओ भन्दा मिलेन, गाह्रो भयो भनेर मर्जरमा गएनन् । २०७२ सालमा २ वर्षभित्र जसरी भए पनि मर्जरमा जानुपर्छ भनेपछि सबै बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अध्यक्षहरु मेरा विरुद्ध लागे । पुँजी वृद्धिको योजना असफल बनाउन मन्त्री परिवर्तन हुनेबित्तिकै उनीहरुले भेट्ने मेरो विरुद्ध कुरा गरे ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले २०६४ मा बैङ्कको सङ्ख्या घटाउन चुक्तापुँजी बढाउन सुझाव दिएको थियो । सोही आधारमा अन्तर्राष्ट्रिय अभ्यास के छ ? यसले कस्तो प्रभाव पार्ने छ ? किन समस्याग्रस्त भए ? यसको गम्भीर अध्ययन गरेपछि समय तोकेर २०७२ सालमा मर्जर नीति ल्याइएको हो । त्यतिबेला चुक्तापुँजी ५० करोडबाट २ अर्ब रुपैयाँ पुर्याऊ भन्दा १० वर्षसम्म पनि पुर्याएनन् ।

मर्ज गरेर जाओ भन्दा मिलेन, गाह्रो भयो भनेर मर्जरमा गएनन् । २०७२ सालमा २ वर्षभित्र जसरी भए पनि मर्जरमा जानुपर्छ भनेपछि सबै बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अध्यक्षहरु मेरा विरुद्ध लागे । पुँजी वृद्धिको योजना असफल बनाउन मन्त्री परिवर्तन हुनेबित्तिकै उनीहरुले भेट्ने मेरो विरुद्ध कुरा गरे ।

पुँजी पुर्याउन सकिँदैन । मर्जरमा जाँदा आफ्नो जागिर जान्छ भन्ने सीईओलाई डर थियो । धेरै कुरा गरे, तर केन्द्रीय बैङ्कले उनीहरुको कुरा सुनेन । किन सुनेन भने, बैङ्क तथा वित्तीय संस्थाको स्थायित्वका लागि पुँजी वृद्धि योजना ल्याइएको हो । जसले गर्दा आज सबै वाणिज्य बैङ्कले ८ अर्ब रुपैयाँ पुँजी पुर्याएका छन् । आजसम्म १६७ बैङ्क तथा वित्तीय संस्था मर्जरमा गइसकेका छन् । ८ अर्ब रुपैयाँ पुँजी पुर्याउँदा जति दबाब खेप्नु हामीले खेपिसकेका छौं । तपाईंहरुले जति रोईकराई गरे पनि केही हुँदैन ।

किनभने राष्ट्र बैङ्क अघि बढिसक्यो । अमेरिकालाई खुला बजारको नेतृत्वकर्ताको रुपमा लिइन्छ । सन् १९८० को दशकमा त्यहाँ मर्जरको लहर आयो । त्यति बेला बचत र ऋणमा समस्या पर्छ कि भन्ने डर थियो । तर भएन । यस्तै १९९० मा नर्वे र स्विडेनमा पूरै मर्जर भयो । सरकारले बैङ्क लिएर चलाएर छोड्नु पर्ने अवस्था आएको थियो ।

पुँजी पुर्याउन सकिँदैन । मर्जरमा जाँदा आफ्नो जागिर जान्छ भन्ने सीईओलाई डर थियो । धेरै कुरा गरे, तर केन्द्रीय बैङ्कले उनीहरुको कुरा सुनेन । किन सुनेन भने, बैङ्क तथा वित्तीय संस्थाको स्थायित्वका लागि पुँजी वृद्धि योजना ल्याइएको हो । जसले गर्दा आज सबै वाणिज्य बैङ्कले ८ अर्ब रुपैयाँ पुँजी पुर्याएका छन् ।

२ ओटा बैङ्कलाई लिएर पछि बजारमा छोडेका थिए । यो प्रक्रियामा ऋणमा सङ्कट नआयोस् भनेर व्यवस्थापन गर्न सफल भए । राष्ट्र बैङ्कले पनि बैङ्क तथा वित्तीय संस्थाको व्यवस्थापन आफूले लिएर राम्रो भएपछि हस्तान्तरण गरेको छ । कतिपयको स्तर घटाउने काम पनि गरियो । हामीले सबै वित्तीय क्षेत्रलाई हेर्नुपर्ने भएकाले सूक्ष्म निगरानी गरिरहेका हुन्छौं ।

केन्द्रीय बैङ्कले लघुवित्तलाई किन ल्यायो भन्दा वित्तीय पहुँच बढाउन र गरिबी निवारणमा सहयोग पुर्याउन हो । बङ्गलादेशमा सफल भएपछि नेपालमा पनि ५ ओटा क्षेत्रमा ग्रामीण विकास बैङ्क खोलिएको हो । तर राम्रोसँग सञ्चालन हुन सकेनन् । ग्रामीण बैङ्कलाई लघुवित्तमा ल्याएका हौं । नेपालको वित्तीय क्षेत्रको पहुँच सबैमा पुगेको छैन ।

अहिले बैङ्क तथा वित्तीय संस्थाका शाखा खुलेका छन् । ७५३ मध्ये ७२७ तहमा वाणिज्य बैङ्कका शाखा पुगेका छन् । बाँकी स्थान जटिल भएकाले पुग्न नसकेका हुन् । त्यसमा पनि केही उपाय खोजी भइरहेको छ । सुरक्षा र विवाद भएका ठाउँमा भिस्याटबाट हुन्छ कि भच्र्युलबाट गर्ने हो भन्ने सोचमा छौं । ८ हजारभन्दा बढी शाखा विस्तार भइसकेका छन् । ६५ प्रतिशत जनसङ्ख्यामा वित्तीय पहुँच पुगेको अनुमान हाम्रो छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।

लघुवित्त उद्देश्यदेखि विमुख भएको हो त ? भन्ने कुरा उठेको छ । लघुवित्त र वाणिज्य बैङ्कको क्रियाकलापमा के फरक छ भने लघुवित्तले निक्षेप लिन पाउँदैन भने वाणिज्य बैङ्कको विपन्न क्षेत्रमा पहुँच छैन । त्यसमा पनि अहिले हामीले कोषमा सङ्कट नओस् भनेर पुँजीको ३० गुणासम्म बाहिरबाट पुँजी ल्याउन खुला गरिएको छ । ३ ओटाले बाहिरबाट स्रोत ल्याउन केन्द्रीय बैङ्कबाट स्वीकृति पाइसकेका छन् । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र आरएमडीसीले अन्तर्राष्ट्रिय वित्त निगमबाट पैसा ल्याउने भएका छन् ।

नाफा कमाइरहेको छ, आफ्नो मान्छेलाई जागिर दिन पाइरहेको छ भने किन अर्को संस्थामा जानु ? मर्ज हुनेबित्तिकै वाणिज्य बैङ्कमा १४ जना सञ्चालकबाट घटेर ७ जनामा झर्छ । २ ओटा सीईओ, २ ओटा अध्यक्ष र सञ्चालकले त छाड्नुपर्छ । म फलानो बैङ्कको निर्देशक सीईओ साप, मेरो व्यवसायमा यति पैसा छ है, भन्न पाइरहेको छ । आफ्नो मान्छे राख्न पाइरहेको छ । ७ जना हट्ने भएपछि कति गाह्रो हुन्छ ।

लघुवित्त मर्ज भएपछि पुँजीगत आधारका साथै आर्थिक क्षमता पनि बढ्छ । बाहिरबाट पुँजी ल्याउन पनि सहज हुन्छ । म त धितोपत्र बोर्डमा अध्यक्ष भइसकेको मान्छे । लघुवित्त केही हजार समूहको हो । ८ अर्बको बैङ्कको सेयर मूल्य २०० रुपैयाँ छ, करोड रुपैयाँ पुँजी भएको लघुवित्तको सेयर मूल्य ४ हजार ? के हैसियतमा यति पुग्यो ? यसो भन्दा लाज लाग्छ । संसारका कुनै देशमा यस्तो छैन । यस्तो पनि हुन्छ ? मान्छेमा भित्र फिलिङ्स त हुन्छ होला नि । उमेरमा जोश हुन्छ ।

गल्ती गरेका हौं हामीले । सेयर बजार बढाएर सर्वसाधारणलाई खत्तम पारेका छौं । गरिबलाई कर्जा दिएर सेयर ४ हजार पुर्याएका छौं । यो गलत छ, हुँदैन भनेर भन्नुपर्छ । फलानो फलानो मर्ज हुन लागेका छन् भन्यो, ब्रोकर कार्यालय गयो, सेयर किन्नुस् है भन्ने । मलाई पनि राखिदिनु भन्ने । यो मैले प्रष्ट देखेको कुरा हो । यो गतिविधि राम्रो हैन । यसमा केही गर्नुपर्ने सोच आइरहेको छ । तल्लो तहमा विकृति बढाउने भएकाले गैरसरकारी संस्था (फिङ्गो)लाई केन्द्रीय बैङ्कको नियन्त्रणमा राखिएको हो । राष्ट्र बैङ्कको जति विरोध गर्नुछ गर्नुहोस्, फरक पर्दैन ।

नाफा कमाइरहेको छ, आफ्नो मान्छेलाई जागिर दिन पाइरहेको छ भने किन अर्को संस्थामा जानु ? मर्ज हुनेबित्तिकै वाणिज्य बैङ्कमा १४ जना सञ्चालकबाट घटेर ७ जनामा झर्छ । २ ओटा सीईओ, २ ओटा अध्यक्ष र सञ्चालकले त छाड्नुपर्छ । म फलानो बैङ्कको निर्देशक सीईओ साप, मेरो व्यवसायमा यति पैसा छ है, भन्न पाइरहेको छ ।

आफ्नो मान्छे राख्न पाइरहेको छ । ७ जना हट्ने भएपछि कति गाह्रो हुन्छ । नेपालमा लघुवित्तको नेतृत्वले हित चिताउनु हुन्छ भने देखाउनुस् न, आफै मर्जरमा गएर । मौद्रिक नीति आउनुअघि देखाउनुस् । आजैदेखि भकाभक मर्जरमा जानुस् । यो कुरा सबै बुझ्नु भएको छ । के गल्ती गर्नुभएको छ भन्ने तपाईंलाई थाहा छ । ‘क्या उल्लु बनाइयो राष्ट्र बैङ्कलाई’ भन्नु हुन्छ । राष्ट्र बैङ्कले सङ्ख्या तोक्नु नपरोस् ।

केन्द्रीय बैङ्कले सोचेर अध्ययन गरेर निर्णय लिन्छ र निर्णयबाट पछि फर्कंदैन । सयभन्दा बढी कर्मचारी यसको अध्ययन गरिरहेका छन् । बडो सोचेर र अध्ययन गरेर नीति आउने छ । तपाईंहरु भोलि नरुने, विभिन्न नेतादेखि लिएर ठूला ठाउँमा नपुग्ने हो भने १ महिनाभित्र मर्जरमा जानुस् । एउटाकी श्रीमती एउटामा र श्रीमान अर्को लघुवित्तमा छन् । यो पनि मर्ज गराउनुस् । एक महिनाभित्र ५० ओटा एकै पटक आओस न ।केन्द्रीय बैङ्क नियामक हो । कतिपय कुरा सुन्छ र सुन्दैन । बजार नियम बाहिर जानसाथ नीतिगत परिवर्तन गरेको हुन्छ ।

अर्थको अर्थ र नेपाल लघुवित्त बैङ्कर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रमा गभर्नर नेपालले सम्बोधन गरेको मन्तव्यको सारङ्क्षेप