जिल्लाको काठेखोला गाउँपालिका वडा नं ६ विहुकोट हटियामा दुई युवतीको करेन्ट लागेर मृत्यु भएको छ ।आन्दाजी २० बर्षीय निशा कडेल र २५ वर्षीय गुमा कडेलको मृत्युु भएको हो ।
शनिबार विहान स्याउला लिन जंगल गएका उनीहरुको विजुलीको हाइटेन्सन पोलबाट विद्युत प्रवाह भइ करेन्ट लागेर मृत्यु भएको स्थानीयले जनाएका छन । विहान ७ बजे स्याउला लिन बनमा पुगेका उनीहरु १० बजेसम्म नफर्केपछि अभिभावक खोज्न जाँदा मृत अवस्थामा फेला पारेका थिए ।
पटक पटक हाइटेन्सन लाइनमा पर्ने पोल र तार व्यवस्थापन गरिदिन प्राधिकरणलाई आग्रह गर्दा समेत वेवास्ता गरेकाले घटना भएको स्थानीयले जानकारी दिएका छन । विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण घटना भएकाले स्थानीयको आरोप छ । आफन्तले शव उठाउन दिएका छैन ।त्यहाँका एक स्थानीयका अनुसार घटना घटेको १० घण्टा वित्दा समते प्राधिकरणबाट कुनै कर्मचारी घटनाबारे बुझ्न नआएको बताएका छन ।
त्यस क्षेत्रमा हाईटेसन लाइन अग्ला रूखहरूसंग छोइने समस्या र अन्य विद्युतीय गडबडीको अन्त्य नभएसम्म लाशको मुचुल्का गर्न दिए पनि लास उठाउन नदिने स्थानीय तथा आफन्तजनले जानकारी दिएको बिहुँबाट स्थानीय भरतप्रसाद सापकोटाले जानकारी दिएका छन ।