प्राधिकरणले मृतकका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने

बागलुङमा शनिबार करेन्ट लागेर मृत्यु भएका दुई युुवतीहरुका परिवारलाई नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले ५÷५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । पटक पटक गाउँपालिका तथा वडा कार्यालय विद्युत्तिय पोल तथा हाइटेन्सन लाइनमा जाने तार मर्मत गर्न प्राधिकरणलाई आग्रह गरेपनि नमानेका कारण घटना हुन पुगेको त्यहाँका स्थानीयले बताएका छन ।

काठेखोला गाउँपालिका—६ बिहुँमा भएको उक्त घटनाबारे प्राधिकरण बागलुङ केन्द्रप्रति त्यहाँका स्थानीय बासिन्दाले चर्को विरोध गरेका छ । शनिबार बेलुका तत्काल गाउँपालिका भित्रका सवै पोल तथा विद्युतीय हाइटेन्सन लाइन मर्मत गर्ने, मृृतकका परिवारलाई न्युनतम ५÷५ लाख भन्दा सक्दो बढि क्षतिपूर्ति दिने, लगायतका सम्झौता भएपछि मृतकको शव पोष्टमार्टम गर्न धवलागिरी अंचल अस्पताल बागलुङ ल्याइएको छ ।
आइतबार घटनाको समिक्षा, मृतकका परिवारलाई दिइने क्षतिपूर्ति कसरी बढि दिलाउने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा छलफल भइरहेको छ । घटना प्रति आफन्तलाई चोट परेकाले अधिकतम क्षतिपूर्ति दिलाउन छलफल अन्तिम चरणमा पुगेको बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले जानकारी दिएका छन