पाँच लाख ठग्ने अारती गिरी जेल चलान

ब्युरोको टोलीले वैदेशिक रोजगारी न्यायाधीकरणको मिति २०७० को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रूपैयाँ जरिवाना सजाय तोकिएका महोत्तरीका ३१ वर्षीया आरती गिरीलाई आज कमलपोखरीबाट पक्राउ गरिएको हो ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले चार लाख ८५ हजार रूपैयाँ ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ ।

ब्युरोको टोलीले वैदेशिक रोजगारी न्यायाधीकरणको मिति २०७० को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रूपैयाँ जरिवाना सजाय तोकिएका महोत्तरीका ३१ वर्षीया आरती गिरीलाई आज कमलपोखरीबाट पक्राउ गरिएको हो ।

गिरीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएको थियो ।

गिरीले ६ महिनाभित्र इजरायल पठाइदिन्छु भनी पदमसुन्दरी श्रेष्ठबाट तीन लाख ३० हजार र गीता श्रेष्ठबाट एक लाख ५५ हजार रूपैयाँ लिएर फरार भएकी थिइन् । पक्राउ गिरीलाई वैदेशिक रोजगार ठगीअनुुसार कारबाही गरिएको ब्युरोले जनाएको छ ।