भीएलएनका सञ्चालक श्रेष्ठ पक्राउ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बिहिबार पत्रकार सम्मेलन गरेर भिएलएन, बायोमेट्रिक प्रणाली खारेजको घोषणा गरेसँगै प्रहरीले आइतवार श्रेष्ठलाई पक्राउ गरेको हो ।

मलेसिया जाने कामदार तथा पर्यटकसँग भिसा प्रक्रियामा बढि रकम लिएर ठगी गरेका आरोपमा भिएलएन नेपालका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बिहिबार पत्रकार सम्मेलन गरेर भिएलएन, बायोमेट्रिक प्रणाली खारेजको घोषणा गरेसँगै प्रहरीले आइतवार श्रेष्ठलाई पक्राउ गरेको हो ।

मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा गर्दै आएको भन्दै श्रम मन्त्रालयले पक्राउ गर्नका लागि गृह मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको थियो । भिएलएनले मलेसियाको भिसा प्रक्रियाका लागि तीन हाजर ६ सय १६, ओएससीमार्फत तीनहजार एकसय ६४ लिदैं आएको थियो । मलेसिया दुतावासले भने भिसा शुल्क भनेर पासपोर्टमा ७ सय मात्र उल्लेख गर्ने गरेका छ ।