आगलागीबाट २५ लाखको क्षति

भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ ।

रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा २५ लाखबराबरको धनमालको क्षति भएको छ ।

भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ ।

चार लाख नगद, १३ तोला सुनलगायतका धनमाल जलेर नष्ट हुँदा २५ लाखबराबरको क्षति भएको चौकीका प्रमुख ओमबहादुर बोगटीले जानकारी दिए ।

बिहान ७ बजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर जलेर ध्वस्त भएपछि भण्डारीका परिवार आफन्तको घरमा आश्रय लिएका छन् । रासस