नेपाल उद्योग वाणिज्य महासङ्घको सदस्यमा सुशिला गोयल

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमिति बैठकले एसोसिएट रिक्त सदस्य पदमा एचपी अग्रवाल ग्रुप अफ कम्पनीकी सञ्चालक सुशिला गोयल (श्रेया अग्रवाल) लाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।

महासङ्घको विधानको दफा ५६ को उपदफा ५६.४ अनुसार वर्तमान कार्यकारिणी समितिको पदावधिसम्मका लागि उनलाई नियुक्त गरिएको महासङ्घले जनाएको छ । विगत एक दशकदेखि उद्योग क्षेत्रमा सक्रिय श्रेया महासङ्घका पूर्वकार्य समिति सदस्य स्वर्गीय मनीष अग्रवालकी धर्मपत्नी हुन् ।