फ्रान्सको बेरोजगार दर ८.९ प्रतिशत

फ्रान्सको मुख्य क्षेत्रमा जनवरीदेखि मार्चसम्मको अवधिमा २६ लाख व्यक्तिले रोजगारी गुमाएका छन् । त्यस्तै ८३ हजार व्यक्तिले सन् २०१८ को पहिलो तीन महिनामा आन्तरिक श्रम बजारबाट रोजगारको अवसर गुमाएका थिए ।

फ्रान्समा बेरोजगार दर अघिल्लो तीन महिनाको तुलनामा तीन प्रतिशतले वृद्धि भै ८.९ प्रतिशत पुगेको तथ्याङ्क राष्ट्रिय निकाय इन्सीले बुधबार बताएको छ ।

फ्रान्सको मुख्य क्षेत्रमा जनवरीदेखि मार्चसम्मको अवधिमा २६ लाख व्यक्तिले रोजगारी गुमाएका छन् । त्यस्तै ८३ हजार व्यक्तिले सन् २०१८ को पहिलो तीन महिनामा आन्तरिक श्रम बजारबाट रोजगारको अवसर गुमाएका थिए ।

वर्षिक आधारमा भने यो तथ्याङ्क ०.४ प्रतिशतको गिरावट भएको इन्सीले जानकारी गराएको छ । यद्यपि महिलातर्फ फ्रान्सको बेरोजगारी दरमा भने वृद्धि भएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोले मुलुकको बेरोजगार दरलाई आगामी २०२२ सम्म वर्तमान ९.४ प्रतिशतबाट सात प्रतिशतमा झार्ने लक्ष्य लिएका छन् । रासस/सिन्ह्वा