दुई नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व समुदायले प्रभावित हुनु परेको भनिएको खुला व्यापार नीतिबारे पनि विश्वप्रसिद्ध चिनियाँ ग्रेट हलमा कुराकानी गरेका थिए ।
जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खचियाङले इरान आणविक सम्झौताको पक्षमा धारणा राखेका छन् ।
चीन भ्रमणमा रहेकी मर्केलसँगको कुराकानीमा इरान आणविक सम्झौताको भङ्ग भएमा उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने प्रयाससमेत प्रभावित हुनसक्नेतर्फ चिनियाँ प्रधानमन्त्री ली खचियाङले सङ्केत गरे ।
दुई नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व समुदायले प्रभावित हुनु परेको भनिएको खुला व्यापार नीतिबारे पनि विश्वप्रसिद्ध चिनियाँ ग्रेट हलमा कुराकानी गरेका थिए ।
यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका विभिन्न छ शक्तिराष्ट्रसँग इरानले गरेको सम्झौतासँग बाझिने गरी इरानमाथि पुन आर्थिक प्रतिबन्ध लगाएका थिए ।
उक्त अवसरमा लीले भने, “तेहरानसँगको सम्झौता तोड्दा यसले इरानलाई मात्र प्रभावित पार्ने नभै यसबाट शान्तिपूर्ण तवरबाट समाधान गर्न सकिने जल्दाबल्दा अन्तर्राष्ट्रिय बिषयवस्तुलाई नकारात्मक प्रभाव पार्नसक्छन् ।”
उनले उत्तर कोरियाको नाम नलिइकनै भने, “विश्लेषकहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको कदमले उनको संवादप्रतिको विश्वसनीयतामा समस्या आउनसक्ने देखिएको छ ।” लीको यो भनाई उत्तर कोरियाली नेता किम जोङ अन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच आगामी महिना हुने भनिएको वार्ता कार्यक्रम आउन केही समय बाँकी भएको समय आएको हो ।
उक्त अवसरमा जर्मन चान्सलर मर्केलले ट्रम्पका पछिल्ला कदमबाट यूरोपको अर्थतन्त्रमा परेको प्रभावबारे कुरा गरेकी थिइन् ।
यदि युरोपेली कम्पनीहरूले अमेरिकी कानुनको दोष देखाउँदै इरानमा रहेका आफ्ना गतिविधिबाट पछि हट्ने वा खुम्च्याउने हो भने यसले अन्य मुलुकमा व्यापार बढाउने मर्केलको भनाई थियो ।
जर्मन चान्सलर मर्केलले चिनियाँ राष्ट्रपति सी चिन फिङसँगको भेटमा चीनले गाडीको आयात कर घटाएकोमा चीनको कदमको स्वागत गरेकी थिइन् । यसले अन्य देशसँगको व्यापारिक कारोवारलाई वृद्धि गर्ने बताएकी थिइन् । उनले विश्व निकै परिवर्तनशील रहेको र चिनियाँ कम्पनी तथा फर्मले जर्मनमा लगानी भित्र्याउने प्रयासमा खुला व्यापार नीतिले नयाँ बाटो खोल्ने बताइन् । रासस/एएफपी