दुई मन्त्रालय पाउने भएपछि फोरम सरकारमा जाने

बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच दुईबुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

सङ्घीय समाजवादी फोरम दुई मन्त्रालय पाउने भएपछि सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी र सङ्घीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुने भएको हो ।

बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच दुईबुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ । फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सम्झौतामा उल्लेख छ ।

फोरमले दुई ओटा मन्त्रालय पाउने भए पनि कुन दिने भन्नेबारे टुङ्गो भने लागेको छैन ।