एसियाका कम्युनिस्ट पार्टीका नेता काठमाडौं आउँदै

सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक माधवकुमार नेपालले जानकारी दिए । यसका साथै अस्ट्रेलिया, बङ्गलादेश, श्रीलङ्का, दक्षिण अफ्रिका, रसिया, भारत, जापानलगायतका देशका कम्युनिस्ट पार्टीका नेता सम्मेलनमा सहभागी हुनेछन् ।

एसियाका कम्युनिस्ट पार्टीका नेता काठमाडौंमा आउने भएका छन् । कार्ल माक्र्सको दोस्रो शतवार्षिकीका अवसरमा उनीहरु काठमाडौंमा भेला हुने भएका हुन् ।

कार्ल माक्र्स द्विशतवाषिर्की अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा एक दर्जनभन्दा बढी देशका कम्युनिस्ट नेता काठमाडौं आउन लागेका हुन् ।

उक्त सम्मेलन नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले आयोजना गर्नेछन् । जेठ १६ र १७ गते काठमाडौंमा हुने सम्मेलनमा १२ देशका कम्युनिस्ट पार्टीले भाग लिँदै छन् ।