दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली ईपीएसको कोटा सन् २०१९ का लागि १० हजार २०० तोकिएको राजदूत अर्जुनजंगबहादुर सिंहले जानकारी दिएका छन् ।
मंगलबार सोलमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । सिंहले अघिल्लो वर्षको तुलनामा कोटा बढेको बताए । यसै वर्ष नेपाल र कोरियाबीच ईपिएसको पुनः सम्झौता गरिने उनले जनाए ।२००७ सालबाट शुरु भएको ईपीएसको हरेक दुई वर्षमा सम्झौता नवीकरण हुने गरेको छ ।