बजेटमाथिको सामान्य छलफल जारी

सांसद प्रेम सुवालले भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन नहुने, कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने, जुम्लाको स्याउ राजधानी ल्याउनुपर्नेमा जोड दिए । सांसद शरत्सिंह भण्डारीले बजेट विवेदकारी भएको बताए । सांसद राजेन्द्र गौतमले भने बजेट लोककल्याणकारी रहेको धारणा राखे ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

उक्त बजेट माथिको सामान्य छलफलमा भाग लिदै सांसद डा. मीनेन्द्र रिजालले बजेट सत्तासीन कार्यकर्तालाई भरणपोषण गर्ने प्रकृतिको भएको बताए। बजेटमा लगानी मैत्री वातावरण र योजना नभएकाले अन्तर्राष्ट्रिय लगानीलाई निरुत्साहित गर्न खोजेको उनको भनाइ छ ।

सांसद हृदयेश त्रिपाठीले सैद्धान्तिक रुपमा बजेट सकारात्मक रहेको, अर्थशास्त्रको नियमअनुसार यो बजेट आएको छ भन्दै गैरबजेटरी खर्च कम गर्नुपर्ने, उखु किसानको भुक्तानी दिन बाँकी रकम वितरण गर्नुपर्नेमा जोड दिए । बजेटले करदाताको संख्या बढाउन नसकेकामा भने उनेले चिन्ता व्यक्त गरे ।

सांसद सत्य पहाडीले डोल्पा जिल्लावासीले अझैसम्म स्वास्थ्य सेवा पाउन नसकेको बताए । बजेट भने लोककल्याणकारी रहेको उनले जानकारी दिए ।

सांसद प्रेम सुवालले भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन नहुने, कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने, जुम्लाको स्याउ राजधानी ल्याउनुपर्नेमा जोड दिए । सांसद शरत्सिंह भण्डारीले बजेट विवेदकारी भएको बताए । सांसद राजेन्द्र गौतमले भने बजेट लोककल्याणकारी रहेको धारणा राखे ।

सांसद मानबहादुर विश्वकर्माले बजेट महत्वकाङ्क्षी भए पनि कार्यान्वयन हुन नसक्ने, सांसद टेकबहादुर बस्नेतले करको दायरा बढाउनुपर्ने, सांसद राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय निकायमा बजेट कम भएको, सांसद अनिलकुमार झाले प्रस्तुत बजेटले राष्ट्रिय पूँजी निर्माण गर्न नसक्ने, सांसद पार्वत गुरुङले कम्युनिष्ट घोषणपत्रअनुसार बजेट आएन भन्नुभन्दा पनि बजेटको कार्यान्वयन महत्वपूर्ण विषय भएको बताए ।

यसैगरी सांसदहरु भरतकुमार शाहले बजेट संघीयता विरोधी भएको र अनावश्यक रुपमा कर वृद्धि हुँदा पूँजी पलायन हुने सम्भावना बढेको बताए । सांसद सुरेशचन्द्र दास र रामकुमारी झाँक्रीले बजेटको विरोध होइन कार्यान्वयनमा सबैले ध्यान दिनु आजको आवश्यकता रहेको उल्लेख गरे ।