बागलुङको जैमिनि नगरपालिका ७ जैदीका एक वडा सदस्यले नगरपालिकाबाट प्राप्त भत्ता विद्यार्थीलाई सहयोग गरेका छन् । वडा सदस्य केन्द्र रसाइलीले जैदीको बझिनीमा अवस्थित जनता बाल साक्षरता प्राविका विद्यार्थीलाई एक वर्षको लागि पुग्ने शैक्षिक सामग्री सहयोग गरेका थिए ।
जैमिनि नगरपालिकाबाट एक वर्षसम्म पाएको भत्तामा रकम थप गरी विद्यालयमा अध्ययन गर्ने १८ जना वालवालिका लाई १ वर्ष सम्मका लागि झोला कपी ,पेन्सिल, कटर इलेजर सहयोग गरेका थिए ।
विद्यालयमा आयोजित शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बाेल्दै वडा सदस्य एवम कार्यक्रमका प्रमुख अतिथि केन्द्र रसाइलीले अबको बाँकी ४ वर्षसम्म पनि नगरपालिकाबाट आफूले पाउने बैठकबाट भत्ता व्यक्तिगत रुपमा प्रयोग नगरी वडाभित्रका विद्यलयका विपन्न वालवालिकको शैक्षिक विकासमा सघाउने बताएका थिए ।
आफूले बैठक भत्ता वापत एक वर्षमा पाएको १६ हजार २ सय २५ मा २१ हजार ७ सय ८५ रुपैया थप गरी ३८ हजार १० रुपैयाको शैक्षिक सामाग्रि सहयोग गरेको बताए ।
विपन्न दलित समुदायका वालवालिका अध्ययन गर्ने सो विद्यालयका विद्यार्थीको शैक्षिक विकासको लागि सहयोग गरेको रसाईलीले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य वार्ड सदस्य बमबहादुर क्षेत्री, विमला सुनार, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तथा धौलागिरी टेलिभिजनका सम्पादक सुवास आचार्य, स्थानिय रामवहादुर नेपाली , सरिता पौडेल, अभिभावक लालबहादुर जिसी,सावित्री नेपाली लगायतले बोलेका थिए ।
शिक्षक सुभद्रा देवी शर्माले स्वागत गरेको कार्यक्रमको संचालन प्रअ खगराज पौडेलले गरेका थिए । ८० प्रतिशत दलित समुदाका वालवालिकाले अध्ययन गर्ने सो विद्यालयमा १८ जना वालवालिका अध्ययनरत छन् । गरिविका कारण अभिभावकले आफ्ना वालवालिकाको लागी शैक्षिक सामाग्रि खरिद गर्न नसकेर विद्यालय नपठाउने गरेकोले सहयो प्रप्त भएपछि विद्यालयप्रति विद्यार्थी आर्कषित हुने अपेक्षा गरिएको विद्यालयका प्रअ पौडेलले वताएका थिए ।