खर्च विवरण सार्वजनिक नगराएपछि संघीय संसदको बैठक स्थगित

खर्च विवरणरण सार्वजनिक नगराएपछि संघीय संसदको प्रतिनिधी सभाको आजको बैठक स्थगित भएको छ । बजेट विनियोजन विधेयक २०७५ अन्र्तगतको विभिन्न मन्त्रालयका विविध शिर्षकमा हुने खर्च विवरण संसद समक्ष नबुझाइएपछि बैठक स्थगित भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने भनिए पनि खर्च विवरण नहुँदा सभामुखले बैठक स्थगित भएको घोषणा गरेका थिए।