पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी सङ्घले आइतबार दिउँसो सिठी जुलुस प्रदर्शन गरेको छ । नेविसङ्घका अध्यक्ष नैनसिंह महरसहित नेताहरुको सहभागितामा विश्वभाषा क्याम्पसबाट निस्किएको सिठी जुलुस पुतलीसडक, कमलादी, त्रिचन्द्र क्याम्पस हुँदै भृकुटीमण्डप नजिकै पुगेर कोणसभामा परिणत भएको थियो ।
मूल्यवृद्धिको विरोधमा नेविसङ्घले जेठ २९ गते मसाल जुलुस प्रदर्शन गर्ने र वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य खारेज नगरिए जेठ ३१ गते देशैभरका जिल्लामा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेविसङ्घले जनाएको छ ।