गुण्डा नाईके अशोक लामालाई गोली प्रहार गरी नियन्त्रणमा लिइयाे

विभिन्न अपराधमा पक्राउ पछि व्यापारीलाई धम्काउँदै आएका लामालाई महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएकाे हो ।

विभिन्न अपराधमा पक्राउ पर्दै छुट्ने गरेका ललितपुर गिम्दी ८ घर भएका वर्ष ३८ का अशोक लामा पछिल्लो समय व्यापारीलाई धम्काउँदै आएको उजुरी परेपछि उनलाई पक्राउ गर्न गोली चलाएको महानगरीय आयुक्त डिआईजी मनोज न्यौपानेले बताएका छन् ।

विभिन्न अपराधमा पक्राउ पछि व्यापारीलाई धम्काउँदै आएका लामालाई महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएकाे हो । गोली लामाको खुट्टामा लागेको छ । अहिले लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीको फरार सूचीमा रहेका लामासँग दिउँसाे सवा एक बजेतिर जम्काभेट भर्इ चेक गर्ने क्रममा प्रहरीमाथिनै आक्रमण गरेकाले गोली चलाएर नियन्त्रणमा लिइएको सिंहले जानकारी दिए।

लामा ललिलपुरका घरजग्गा ब्यावसायीलाई धम्काउने, क्रसर उद्योगबाट चन्दा उठाउने गरेको प्रहरीमा गुनासो थियो। लामाको नाममा यसअघि ज्यान मार्ने उद्योग र सार्वजानिक अपराधमा मुद्दा चलेको थियो ।

उपत्यका चोरी नियन्त्रण बिशेष अभियान अन्तर्गत १५दिनम ३०७ जना नियन्त्रणमा

उपत्यकाका मुख्य एरिया लगायत बाहिरी क्षेत्र काठमाणडौ, भक्तपुर र ललितपुरमा चोरीका घटनाहरु अत्याधिक बृदि हुदै गएकाले महानगरीय प्रहरी परिसर तथा बृत्तहरुसंग समन्वय गरी चोरी, डाका लुटपाट, जस्ता घटना नियन्त्रण गर्न बिशेष सुरक्षा योजना अन्तर्गत चोरी हुने क्षेत्र पहिचान गरी सादा पोशाकमा प्रहरी परि चालन गरिएको छ ।

साथै उक्त विशेष सुरक्षा योजना अनुरुप प्रहरीले चोरी नियन्त्रणलाई अभियानको रुपमा लिई दैनिक बिहान १०:०० बजेदेखि १८:०० बजेसम्म सादा पोशाकमा गस्ती (पेट्रिलिङ ) तथा आकस्मिक चेक जाँच गर्ने गरिएको , राति ११:०० बजेदेखि बिहान ०४:०० बजेसम्म नाइट एम्बुस ड्युटी परिचालन गरेकाे बताएकाे छ ।

चोरी नियन्त्रण १५ दिने  विशेष अभियानको अवधिमा  विभिन्न अापराधिक घटनामा सम्लग्न ३०७ जना, चोरी कार्यम सम्लगन १९ जनालाई नगद २९,७००।- सहित चोरी गर्न प्रयोग गर्ने फलामको रड थान २ , मो.सा. १ थान, स्कुटर २ थान, साईकल २ थान बिभिन्न नक्कली गर गहनासहित चोरी मुद्दामा , लागूऔषध बिक्री बितरण तथा सेवन कार्यमा सम्लग्न ३ जनालाई लागूऔषध चरेश ३०९ ग्राम, ८ फाईल भ्याट,  डाईजेल्याब  २१२ पिस, नुफिन २१२ पिस, फेनारगन २१८ पिसनाईट्रोसन २८० पिस सहित लागूऔषध मुद्दामा, भारतीय ५०० दर का २००० थान सहित १ जनालाई आन्तरिक राजश्वमा कारबाहिको लागि पठाइएको र बिगतमा चोरी, पाकेटमरी, लुटपाट जस्ता कार्यमा सम्लग्न ५३ जनालाई केही सार्वजनिक अपराध मुद्दामा कारबाही गरिएको  अन्य २२१ जनालाई सोधपुछ पश्चात छाडी निग्रानीमा राखिएको प्रहरीले बताएकाे छ ।