पूर्ण निसस्त्रीकरणका लागि उत्तर कोरिया सहमत

दस्तावेजमा हस्ताक्षर गरेपछि ट्रम्पले यो क्षण निकै सानदार भएको बताए । दुवै नेलाते एक आपसलाई तथा एकअर्काको देशलाई जान्ने र बुझ्ने अवसर मिले बताए । ट्रम्पले किमलाई अति प्रतिभाशाली बताउँदै अब धेरै पटक भेट्ने बताए । ट्रपले निश्चित रुपले किमलाई ह्वाइट हाउस बोलाउने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ–उनबीच ऐतिहासिक भेटघाट सकिएको छ । दुवै नेताले एउटा सहमतिमा हस्ताक्षर गरेका छन् । अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारन्टी लिएको छ र किमले पूर्ण परमाणु निसस्त्रीकरण गर्न सहमत भएका छन् ।

दुवै नेताको ऐतिहासिक भेटमा भएका मुख्य मुख्य बुँदा :

उत्तर कोरियाका शासक किमले नाभिकीय हतियारलाई पूर्ण निसस्त्रीकरणको प्रतीज्ञा गरे । अमेरिकाले पनि उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति लिएको छ ।

दस्तावेजमा हस्ताक्षर गरेपछि ट्रम्पले यो क्षण निकै सानदार भएको बताए । दुवै नेलाते एक आपसलाई तथा एकअर्काको देशलाई जान्ने र बुझ्ने अवसर मिले बताए । ट्रम्पले किमलाई अति प्रतिभाशाली बताउँदै अब धेरै पटक भेट्ने बताए । ट्रपले निश्चित रुपले किमलाई ह्वाइट हाउस बोलाउने बताए ।

ट्रम्पले बैठक आशा गरेभन्दा राम्रो तथा दस्तावेजलाई व्यापक भनेका छन् । अमेरिकी राष्ट्रपतिले भने कि हामीले अत्यन्त महत्त्वपूर्ण डकुमेन्टमा हस्ताक्षर गरेका छौं ।

ऐतिहासिक डकुमेन्टमा हस्ताक्षर गरेपछि उत्तर कोरियाका नेता किमले इतिहासलाई पछि छोड्ने निर्ण गरेको बताए । विश्वले अब ठूलो परिवर्तन देख्ने किमको भनाइ थियो । बैठकका लागि किमले ट्रम्पलाई धन्यवाद दिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले निसस्त्रीकरणको प्रक्रिया छिटै हुने बताए । ट्रम्पले किमसँग स्पेसल बन्ड बनेको भन्दै उनले आफ्नो देशलाई अत्यधिक माया गर्ने बताए ।

ट्रम्पले अब विश्व र उत्तर कोरियाको सम्बन्ध परिवर्तन हुने बताएका छन् । अब परिस्थिति पहिलभन्दा अलग हुने ट्रम्को भनाइ थियो । ‘हामी विश्व समुदायका लागि एउटा निकै ठूलो तथा खतरनाक समस्याको हेरचाह गर्न लागेका छौं,’ ट्रम्पले भने ।

केही दिनअघिसम्म ट्रम्पले किमलाई परमाणु हतियारका लागि धम्की दिन्थे, तर यस बैठकले अर्कै मोड लियो । ट्रम्पले भने, ’म चेयरम्यान किमलाई धन्यवाद भन्न चाहन्छु । हामले निकै समय सँगै बितायौं, निकै घनिष्ठ समय ।’

चीनले यी दुई नेताको शिखर बैठकले इतिहास रचेको भनेको छ । चीनका विदेश मन्त्री वाङ लीले भने, कोरियाली प्रायद्वीपको मुख्य विवाद सुरक्षासँग जोडिएको छ । यसको समाधानसँगसँगै पूर्ण नाभिकीय निसस्त्रीकरण पनि हुनुपर्छ ।

यसैगरी दक्षिण कोरियाले ट्रम्प र किमको बैठकलाई ’शताब्दी वार्तालाप’ भन्दै यसको प्रशंसा गरेको छ ।