अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागिएको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिनेछ ।
गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरुले आफ्नो क्षमता अनुसार ज्ञान र सीपको प्रयोग गरी त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरून् भन्ने हेतुले गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अगामी अक्टोबर १२ र १३ तारिखमा विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ । गैरआवासीय, नेपालमा रहेका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्यार्इ ये सम्मेलन हुनेछ ।
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागिएको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिनेछ ।
सम्मेलनमा विशेषतः स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्य सुरक्षा, श्रम तथा वैदेशिक रोजगार, लगानी, वातावरण तथा उर्जा, विज्ञान तथा प्रविधि, सुशासन लगायतका विषयलाई नीतिगत तथा विषयगत रुपमा प्रस्तुत गर्दै बृहत् छलफल गरिनेछ ।
नेपालको आर्थिक विकासमा सहयोग गर्नको लागि गैरआवासीय नेपालीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालका विभिन्न क्षेत्रहरुमा लगानी गरिरहेकाले यो सम्मेलनले राष्ट्र निर्माणमा साझेदार बन्नका लागि एक महत्वपूर्ण सेतुको रुपमा भूमिका निर्वाह गर्दै मुलुकमा आर्थिक लगानीसँगै बौध्दिक लगानीको बाटो खोल्नेमा संघ विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।
गैरआवासीय नेपाली संघको पहलमा नेपालमा आर्थिक लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृध्दिका लागि प्रयोगमा ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसै कुरालाई मनन गरी गैरआवासीय नेपाली संघले विदेशमाबस्ने नेपालीहरुको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्न विज्ञ सम्मेलन गर्ने निर्णय गरेको हो ।
सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको छ । अमेरिकामा हुने विज्ञ सम्मेलनका लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवतिप्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागी हुनेछन् । सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष व्दय कुमार पन्त र कुल आचार्य, महासचिव डा.बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा आईसीसीका अन्य पदाधिकारीहरु लगायतविभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको उपस्थिति रहनेछ । यसका साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिकतथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा छ ।