प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले जोशीलाई सिफारिस गरेको हो । अब गठन हुने संसदीय समितिले अनुमोदन गरेमा जोशी प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको छ । संवैधानिक परिषदको बैठकले जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको कानुन मन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले जोशीलाई सिफारिस गरेको हो । अब गठन हुने संसदीय समितिले अनुमोदन गरेमा जोशी प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामापछि गत चैत ५ मा जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।