नेपाली वैज्ञानिक सुदीप खड्का संलग्न टोलीले जिका भाइरसको औषधि पत्ता लगायाे

अहिलेसम्म औषधि र भ्याक्सिन नभएको र संसारमा व्यापक रुपमा फैलिएर हङ्गामा मच्चाइराखेको जिकाविरुद्ध प्रभावकारी हुने औषधि नेपाली वैज्ञानिक (डा सुदीप खड्का) संलग्न टोलीले पत्ता लगाएको छ ।

नेपाली वैज्ञानिक संलग्न टोलीले जिका भाइरसको औषधि पत्ता लगाएको छ । अहिलेसम्म औषधि र भ्याक्सिन नभएको र संसारमा व्यापक रुपमा फैलिएर हङ्गामा मच्चाइराखेको जिकाविरुद्ध प्रभावकारी हुने औषधि नेपाली वैज्ञानिक (डा सुदीप खड्का) संलग्न टोलीले पत्ता लगाएको छ ।

अर्बिडल उमिफेनोभिर (Arbidol Umifenovir) नामक औषधिले जिकाविरुद्ध प्रभावकारी काम गर्छ भन्ने पुस्टि गरेको शोधपत्र विश्वको सबैभन्दा प्रतिष्ठित मानिने १२ जुन २०१८ मा प्रकाशित ‘नेचर’ जर्नलको ‘साइन्टिफिक रिपोटर््स’मा छापिएको छ । औषधिको पुनर्प्रयोग तथा पुनर्प्रयोजनका निमित्त अनुसन्धान गर्दा अमेरिकाको वाशिङटन विश्वविद्यालय (डा. स्टेफेन पोल्यक ल्याब) र जर्जिया स्टेट विश्वविद्यालय (डा. क्रिस्टोफर ब्यस्लेर ल्याब) मा अनुसन्धानरत १० वैज्ञानिकको टोलीलाई यो सफलता मिलेको हो ।

यो औषधि केही मुलुकहरुमा फ्लु तथा इन्फ्लुएन्जाको उपचारका निमित्त प्रयोगमा आइसकेको छ । पहिले नै यस औषधिका असरहरुका बारेमा अनुसन्धान भएको हुनाले यो औषधिलाई चाँडै नै जिका प्रभावित छेत्रमा पुर्याउन सकिने विश्वास छ । जिका लामखुट्टे पाइने स्थानहरुमा व्यापक रुपमा फैलिएको बिमारी हो । यो भाइरस यौनसम्पर्कको मध्यमबाट पनि सर्छ । जिकाले गर्भमा रहेको भ्रुणको स्नायुको विकासमा अवरोध पुर्याउँछ र गर्भपतनको जोखिम पनि बढाउँछ । गर्भवती हुने उमेरका महिला तथा शिशु र वृद्धहरुमा यसको जोखिम धेरै हुन्छ । नेपाल पनि जिका फैलिने खतरा भएको क्षेत्रमा पर्दछ ।

नेपालको बागलुङ स्थाई ठेगाना भएका डा खड्का संलग्न अर्को समूहलाई केही समय अगाडि इबोलाविरुद्ध औषधि पत्ता लगाउन सफलता मिलेको थियो ।