बागलुङको ताराखोलामा पिकअप दुर्घटना, २ को ज्यान गयोे

बागलुङको ताराखोला गाउँपालिका स्थित घुस्मेली देखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको पिकअप जीप दुर्घटना हुदाँ दुइ जनाको ज्यान गएको छ । शुक्रबार भएको दुर्घटनामा सवारी चालक सहित ४ जनामध्ये दुई जनाको मृत्यु भएको हो ।
ताराखोला गाउपालिका ३ अन्दाजी २४ बर्षीय हेमन्त घिमिरे, सोहि वडाका अन्दाजी ५५ बर्षीय हरिराम गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ ।

सवारीचालक डम्बर बहादुर घिमिरे र अन्दाजी ४२ बर्षीय कर्ण बहादुर भण्डारी गम्भिर घाईते भएको प्रहरी कार्यालयले जनाएको छ । घाइतेको उपचारका भइरहेको छ ।